राप्रपा नेपालले अर्को वर्ष फागुनमा महाधिवेशन गर्ने
मंगलबार, माघ १०, २०७९
काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय समिति बैठक १३ बुँदे निर्णय गर्दै सकिएको छ । पार्टी महामन्त्री राजाराम वर्तौलका अनुसार २ दिन बसेको बैठकले पार्टीको महाधिवेशन २०८० साल फागुन ७, ८ र ९ गते काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको जानकारी दिए ।
यस्तै, बैठकले धर्म परिवर्तनको डढेलोमा नेपालको राष्ट्रिय पहिचान र एकताको आधारको रुपमा रहेको सनातन धर्म संस्कृति र परम्परा कमजोर बन्दै गइरहेकोप्रति बैठकले गम्भीर चिन्ता व्यक्त गरेको उनले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९ १६:५५
प्रतिक्रिया दिनुहोस्