नयाँ हुण्डाई भेन्यू नेपाली बजारमा

सोमबार, माघ ९, २०७९

काठमाडौँ– नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले न्यू स्टाइल न्यू स्टेट्मेन्ट नाराका साथ नेपाली बजारमा नयाँ हुण्डाई भेन्यू सार्वजनिक गरेको छ ।

आफ्नो पहिलेको हुण्डाई भेन्यूको मोडलमार्फत नेपालभरका ग्राहकहरूको ध्यान तान्न सफल रहेको हुण्डाई भेन्यूको नयाँ र परिष्कृत मोडलले कम्प्याक्ट एसयूभीको प्रतिस्पर्र्धी बजारमा नयाँ आयाम स्थापित गर्ने विश्वास लिइएको छ । नयाँ भेन्यूले यसको आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू, असाधारण क्षमता र उच्चतम सुरक्षाका कारण विश्वव्यापी रूपमा आफ्नो फरक पहिचान बनाउन सफल भएको कम्पनीले जनाएको छ ।

समयसापेक्ष प्रस्तुति र अत्याधुनिक विशेषताहरू सहित तयार गरिएको हुण्डाई भेन्यूले सबैको मन जित्नेमा कम्पनी विश्वस्त रहेको जनाएको छ । 

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  २०:५०
प्रतिक्रिया दिनुहोस्