विश्वकप २०२२: पोर्चुगल र घानाको खेल सुरु

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ— क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले आज बिहीबार अफ्रिकी राष्ट्र घानासँग खेल्दै कतार विश्वकपको सुरुआत गर्दैछ ।

समूह एचु मा रहेको पोर्चुगलले स्टेडियम ९७४ मा घानाको सामना गर्नेछ । पोर्चुगल र घानाबीचको खेल राति ९स्४५ बजे सुरु हुनेछ ।

पोर्चुगलका कीर्तिमानी खेलाडी रोनाल्डोको यो अन्तिम विश्वकप हो । त्यसैले पोर्चुगल यस विश्वकपलाई यादगार बनाउन चाहन्छ ।

घानाविरुद्ध मैदान उत्रदा पोर्चुगल सहज जितको खोजीमा हुनेछ । तर, घाना पनि पोर्चुगललाई हराउँदै विश्वकपमा सानदार सुरुआत गर्न चाहन्छ । दुबै टोली पहिलो खेलमा ३ अंकको लागि प्रतिस्पर्धा गर्ने छन् ।

हेड टु हेड 

पोर्चुगल र घानाबीच हालसम्म एक खेलमा प्रतिस्पर्धा भएको छ । २०१४ को विश्वकपमा भएको भेटमा पोर्चुगलले २—१ ले खेल जितेको थियो । पोर्चुगल र घानाबीचको यो दोस्रो प्रतिस्पर्धा हो ।

सम्भावित सुरुआती—११

पोर्चुगल— कोस्टा, कान्सेलो, डियास, पेपे, मेन्डिस, नेभेस, कार्भाल्हो, फेर्नान्डेस, सिल्भा, रोनाल्डो, लियो 

घाना—  एटी—जिगी, लाम्टेय, अमर्टे, सालिसु, मेन्साह,पार्टेय, सामेद, सुलेमाना, कुडुस, जे एयु, ए एयु

 प्लेयर्स टु वाच 

यस खेलमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र घानाका आन्द्रे एयु प्लेयर्स टु वाचको रुपमा रहने छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:०९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार