साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बङ्लादेश खेल्दै

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ–१५ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र बङ्लादेश खेल्दैछन् । खेल ढाकामा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ । डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले घरेलु टोली बङ्लादेशसँग खेल्न लागेको हो । यो खेलको विजेताले उपाधि जित्नेछ । नेपालले यो खेलमा बराबरी गरे मात्रै पनि पुग्नेछ । नेपाल ३ खेलमा अपराजित रहँदै ९ अङ्कका साथ शीर्ष स्थानमा छ । बङ्लादेश ३ खेलमा ६ अङ्क जोडेर दोस्रो स्थानमा छ । यस अघि भएको खेलमा नेपालले बङ्लादेशलाई १–० गोलले हराएको थियो । यस्तै, नेपालले पहिलो खेलमा भुटानलाई ७–० र दोस्रो खेलमा १–० गोलले हराएको थियो । त्यस्तै, बङ्लादेशले भुटानलाई ८–० र ९–० गोलले हराएको थियो । भुटान अङ्कविहीन हुँदै बाहिरिएको छ ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:२५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार