रियल मड्रिडद्वारा काडिज २–१ले पराजित

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ–स्पेनिस लिग फुटबलमा रियल मड्रिडले काडिजलाई हराएको छ । आफ्नै मैदानमा बिहीबार राति भएको खेलमा मड्रिडले काडिजलाई २–१ ले हराएको छ । रियल मड्रिडलाई विजयी गराउन इडर मिलिताओ र टोनि क्रुसले एक–एक गोल गरे । काडिजका लुकाज पेरेजले एक गोल फर्काए । खेलको ४० औं मिनेटमा इडर मिलिसाओले गोल गर्दै रियललाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ७० औं मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ८१ औं मिनेटमा परिवर्तित खेलाडी लुकास पेरेजले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । त्यसपछि थप गोल हुन नसकेपछि रियल २–१ ले विजयी भयो । स्पेनिस लिगकै अन्य खेलहरुमा भ्यालेन्सियाले रियल बेटिसलाई ३–० ले हराउँदा रायो भायकानो र सेल्टा भिगोले गोलरहित बराबरी खेलेका छन् । बिहीबार रातिका खेलहरूपछि स्पेनिस लिगको अंक तालिकामा १४ खेलबाट ३७ अंक जोडेको बार्सिलोना शिर्ष स्थानमा छ । समान खेलबाट ३५ अंक जोडेको रियाल मड्रिड दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको रियाल सोसिडाडको २६ अंक छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:२१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार