आईसीसी टी–२०को सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्ने

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ–आईसीसी टी–२० विश्वकप क्रिकेट २०२२ को पहिलो सेमिफाइनल खेलमा आज न्युजिल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ । अष्ट्रेलियाको सिड्नीमा दिउँसो १ः४५ बजे हुने खेलमा दुवै टोली जित निकाल्दै फाइनल पुग्ने योजनामा छन् । टी–२० विश्वकपमा न्युजिल्याण्ड र पाकिस्तानबीच यसअघि ६ पटक प्रतिस्पर्धा भएको छ । ६ मध्ये पाकिस्तानले चार खेल जित्दा न्युजिल्याण्डले दुई खेलमा मात्र विजयी भएको छ । पाकिस्तानले सन् २००७, सन् २००९, सन् २०१२ र सन् २०२१ मा टी–२० विश्वकपमा न्युजिल्याण्डविरुद्ध भएका खेलमा जित हात पारेको थियो । बुधबारको खेलमा विजयी हुने टोलीले बिहीबार भारत र इङल्याण्डबीच हुने खेलकोे विजेतासँग फाइनल खेल्नेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:२७
प्रतिक्रिया दिनुहोस्