एन्फा कार्यसमिति बैठक २९ गते बस्ने

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ – विभिन्न एजेन्डा सहित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यसमिति बैठक कात्तिक २९ गते बस्ने भएको छ । एक महिना अघि एन्फा सदस्यले कार्यसमिति बैठकका लागि पत्र बुझाएका थिए । उक्त पत्र बुझाएको एक महिना पूरा भएपछि एन्फाले २९ गते ११ बजेका लागि कार्यसमिति बैठक बोलाउने तय गरेको हो । कार्यसमिति बैठकमा विभिन्न ९ एजेन्डामा छलफल हुने भएको छ । जसमा मार्केटिङ, व्रोडकाष्टिङ्ग, डिजिटल राईटस, कमर्सियल, स्ट्राजिटी र पाटनरसिप सम्बन्धमा, एन्फा होस्टलको क्यान्टिन भाडामा दिने बारे,  विधान बमोजिम आवश्यक समिति तथा विभिन्न पदाधिकारी नियुक्ति बारे रहेका छन् । यस्तै,  मार्चमा हुने फिफा कंग्रेसमा एन्फाको प्रतिनिधित्व बारे, नेपालले प्राप्त गर्ने फिफा वर्ल्डकप टिकट सम्बन्धमा,  राष्ट्रिय लिग तथा सहिद स्मारक लिग सम्बन्धमा, एकेडेमी सञ्चालन सम्बन्धमा र विविध रहको एन्फाले जनाएको छ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:३९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार