प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लब सेमिफाइनलमा

बुधबार, मंसिर ७, २०७९
काठमाडौं–बलिर कुशल भुर्तेल चम्किएपछि नेपाल पुलिस क्लबले मधेस प्रदेशमाथि मंगलबार १९२ रनको फराकिलो विजय हासिल गरेको छ । जीत हासिल गर्दै पुलिस क्लब समूह ‘बी’को विजेताका रूपमा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । समूह चरणका खेलमा शतप्रतिशत जित निकालेको पुलिसले चार खेलबाट आठ अंक जोड्यो । हारका बाबजुद उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको मधेसले पाँच अंक जोड्यो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुलिसले दिएको २७४ रनको लक्ष्य पछ्याएको मधेसले २९.२ ओभरमा सबै विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो । मधेसलाई सस्तैमा समेट्न पुलिसका कुशल भुर्तेलले पाँच विकेट लिए । कुशलले ८.३ ओभरमा दुई मेडन राख्दै २२ रन खर्चिए । करण केसीले तीन र राशिद खानले दुई विकेट लिए । यसअघि, अमित श्रेष्ठ, आरिफ शेख र कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएपछि टस जितेर ब्याटिङमा उत्रिएको पुलिसले ४९.१ ओभरमा सबै विकेट गुमाएर २७३ रन बनाएको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:०४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार