नेभिगेशन
जीवनयापन

घरको शुभ लक्षण र अशुभ लक्षण पत्ता लगाउनुहोस्

भवन निर्माणका ३ वटा महत्वपूर्ण अवसरहरु हुन्छन्- प्रारम्भ, मुख्य द्वार लगाउने र गृहप्रवेश । घरको मालिक निर्माण स्थलतर्फ गइरहेको समयमा हुने सङ्केतहरुबाट शुभ र अशुभ लक्षणहरुको बारेमा थाहा पाउन सकिन्छ ।

शुभ लक्षण

आफ्नो अगाडि गाई वा सुमङ्गली केटीहरु आउनु, फल, सङ्गीत, दही, फूल, ऐना, चन्द्रोदय, खाना, दूधले भरिएको भाँडा, पानी, घीउ, मृतकको अन्तिम यात्राको जुलुस आगो विनै लैजाँदै गरेको, गरुड हावामा चक्राकार रुपमा उड्नु वा बायाँतर्फ उड्नु, कागहरु दायाँतर्फ उड्नु, ब्वाँसो बायाँतर्फ भाग्नु, नग्न शिशु, धोवी, रातो साडी लगाएकी स्त्री, हात्ती आदि देख्नु ।

अशुभ लक्षण

आगो बाल्ने दाउरा लगेको देख्नु, नयाँ भाँडा, अन्धो, विकलाङ्ग रोगी व्यक्ति, झगडा, सन्यासी, सुकेको घाँस, तेल, हड्डी, धुवाँ, आगो, बिरालो, भिखारी, जँड्याहा, बायाँतर्फ चक्राकार घुमेका र रोएका पशुहरु, खरायो, सर्प, गरुड दाहिनेतर्फ उड्नु, कमिलाहरु तितरबितर भएर हिँड्नु, कुकुरहरु आपसमा लडेको दृश्य आदि, भैँसी, विधवा, माझीको माछा मार्ने जाल, डण्डा बोकेको मानिस आदि देख्नु ।

जानुभन्दा अगाडि पूजा कक्षमा राखिएको तेलको दियो निभ्नुलाई हरेक दृष्टिले एउटा नराम्रो लक्षण मानिन्छ ।

साभारः ‘वास्तुशास्त्र’ पुस्तकबाट

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय