नेभिगेशन
समाचार

प्रतिगामी शक्तिलाई परास्त नगरे गणतन्त्र गुम्ने खतरा छ : भट्टराई

काठमाडौँ - नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रतिगामी शक्तिलाई परास्त नगरे गणतन्त्र गुम्ने खतरा रहेको बताएका छन् । बिहीबार काठमाडौँमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरूको परिचयात्मक चुनावी प्रचारप्रसार कार्यक्रम उनले यस्तो बताएको हो ।

अध्यक्ष भट्टराईले ६५ वर्ष लडेर ल्याएको व्यवस्था फेरि गुम्यो भने अर्को पुस्तालाई लड्ने समय नहुने भएकाले आगामी निर्वाचनमा गठबन्धनलाई जिताउनुको विकल्प नरहेको स्पष्ट पारेका हुन् ।

भट्टराईले भने, ‘अहिलेको अवस्था विशिष्ट हो। २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्‍यौँ। त्यसैभित्र रहेर लुकेर बसेका शक्तिहरू तिनले संविधानलाई उल्ट्याउने दुष्प्रयत्न गरे। तिनलाई अघि सारेर प्रतिगामी शक्ति, राजावादी शक्तिले बोकेर यो संविधानलाई धरापमा पार्ने प्रयत्न गरे। कुचेष्टा गरे, त्यसकै विरुद्धमा अहिले हाम्रो यो गठबन्धन हो। यो निर्वाचनमा पनि प्रतिगमनकारी शक्तिलाई पराजित गर्न सकेनौँ भने, फेरि अघि आउन दियौँ भने संघीय लोकतान्त्रिक गणतन्त्रमाथि गम्भीर खतरा छ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार