नेभिगेशन
समाचार

चितवनको विकास गर्न मेरो उम्मेदवारी : डा.अधिकारी

काठमाडौँ - डा.भोजराज अधिकारीले आफूले चितवनमा राजनीतिक गर्नभन्दा पनि यहाँको विकास गर्न निर्वाचनमा भाग लिएको बताउका छन् । चितवन क्षेत्र नम्बर ३ का गठबन्धनका साझा उम्मेदवार डा.अधिकारीले चुनावी अभियानको क्रममा घरदैलो कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले जनताको साथ, सहयोग र समर्थनमा आफू निर्वाचित हुने बताए। राजनीति गर्न नभइ विकास गर्न यहाँ आएकोले जनताले सहयोग गर्ने अधिकारीले विश्वास व्यक्त गरेका छन्। भरतपुर क्षेत्रमा केही बाँकी रहेको खानेपानी र ढलको समस्या समाधान गर्ने गरि योजना बनाउने उनको प्रतिबद्धता छ।

सामाजिक सुरक्षाका लागि पनि आफूसँग योजना रहेको उनले बताए। ३(क) प्रदेशसभाका उम्मेदवार डा.सूर्यकान्त घिमिरेले चुनावी घरदैलो अभियान शुरू गरेका छन् । ३ (क) अन्तर्गत भरतपुर ९ शरदपुरबाट लोकतान्त्रिक वाम गठबन्धनले चुनावी घरदैलो शुरू गरेको हो । सँगै भरतपुर वडा चुनाव प्रचारप्रसार सचिवालय पनि उद्घाटन गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार