नेभिगेशन
समाचार

गोरखामा कांग्रेसका द्वन्द्व पीडित परिवारलाई भेटेरे मल्हम पट्टी गर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष तथा प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार पुष्पकमल दाहाल‘प्रचण्ड’ले गोरखामा कांग्रेसमा आस्था राख्ने द्वन्द्व पीडितलाई भेट्न चाहेको बताएका छन् । गोरखा काठमाडौं सम्पर्क समितिले गरेको कार्यक्रममा उनले बिहीबार यस्तो बताएका हुन् ।

आफूले माओवादीमा आस्था राख्ने पीडितलाई भेटिरहेको र बाँकीलाइृ पनि भेट्ने बताउँदै विशेष गरी कांग्रेसमा आस्था राख्ने द्वन्द्व पीडित परिवारलाई भेटेर युद्ध र शान्ति सम्झौताको विषयमा बुझाउने र उनीहरुको बाँकी जीवन जिउनको लागि राज्यले गर्नु पर्ने भूमिकाको विषयमा पहल गर्ने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले ती पीडित परिवारलाई भेट्ने वातावरण बनाइदिन आफूले कांग्रेस नेताहरूलाई आग्रह गरेको बताए। माओवादी जनयुद्धका क्रममा धेरै कांग्रेस कार्यकर्ता पीडित भएकाले प्रचण्डले उनीहरूको सहानुभूति लिन खोजेका हुन् ।

कांग्रेस नेता कार्यकर्ताहरूलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘मैले सुरेन्द्र पाण्डेजी, राजेन्द्र बजगाईँ र कमला पन्तसँग पनि भनेको छु । माओवादी आन्दोलनका क्रममा पीडामा परेका कांग्रेसका परिवार, क्षति भोगेका र ठूलो पीडामा परेकालाई भेटेर मल्हमपट्टी लगाउन चाहन्छु। ती परिवारलाई भेटेर शान्ति प्रक्रियाको महत्व बुझाउनेछु र गिरिजाबाबुसमेतको भावनालाई कदर गर्दै म उहाँहरूसँग कुरा गर्छु।

उक्त परिवालाई भेटेर आफूले सकेसम्म मल्हमपट्टी लगाउने बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार