नेभिगेशन
समाचार

गोरखालाई मैले चुनौति ठानेको छु : प्रचण्ड

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष तथा प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार पुष्पकमल दाहाल‘प्रचण्ड’ले गोरखा आफूले धेरै चुनौति ठानेको बताएका छन् । उनले गोरखाबाट आफू निर्वाचन लड्दै गर्दा गोरखाले दिने म्यान्डेट र त्यहाँका जनताले आफूप्रति राखेको उपेक्षा पुरा गर्न सक्छु की सक्दिन भन्ने विषय चुनौति ठानेको बताएका हुन् । गोरखा काठमाडौं सम्पर्क समितिले गरेको कार्यक्रममा उनले बिहीबार यस्तो बताएका हुन् । प्रचण्डले अब आर्थिक विकास अपरिहार्य भएको बताए । उनले गोरखामा भएको हिमालसम्म जाने बाटो निर्माण, गोरखा दरबार लगायत स्थानलाई व्यवस्थित गरेर आर्थिक विकाससँग जोडेर विकास गर्न सकिने उनले बताए । गोरखा विदेशी भूमिमा नेपालभन्दा बढी परिचित रहेको उल्लेख गर्दै राजनीतिक रुपमा महत्वपूर्ण रहेको गोरखालाई आर्थिक विकासको रुपमा पनि महत्वपूर्ण रहेको सावित गर्न आफूले त्यहाँबाट उम्मेदवारी दिएको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार