नेभिगेशन
समाचार

भोलि हुने दार्चुलाको चुनावी सभा उद्घाटन गर्न ओली आजै जाने

काठमाडौँ - दार्चुलामा भोलि शुक्रबारको लागि तय गरिएको चुनावीसभालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेश जाने भएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्न अध्यक्ष ओली सुदूरपश्चिम जान लागेका हुन् ।

ओली आज साझ धनगढी पुग्ने र भोली दार्चुला जाने कार्यक्रम रहेको एमालेले जानकारी दिएको छ । एमालेले भोली दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्ने तयारी गरेको छ।

दार्चुला सदरमुकाम खलंगामा भोली बिहान ११ बजे आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने छन् । भोली नै दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा पनि ओलीले चुनावी अभियान उद्घाटन गर्ने छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार