नेभिगेशन
समाचार

विप्लव, आहुती र ऋषि कट्टेलले चुनाव बहिष्कार गर्ने

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा ३ पार्टीले बहिष्कार गर्ने निर्णय गरेको छ । नेत्रविक्रम चन्द विप्लव महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी र आहुती महासचिव रहेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले चुनाव बहिष्कार गर्ने निर्णय गरेको हो ।

बुधबार बुद्धनगरमा बसेको बैठकले ३ पार्टीले संयुक्त रुपमा चुनाव बहिष्कार, खारेजी गर्ने निर्णय गरेको हो । कात्तिक १९ मा पत्रकार सम्मेलन गरी चुनाव बहिष्कारबारे थप जानकारी दिइने पनि उनीहरूले बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार