नेभिगेशन
समाचार

संविधान परिमार्जन र रक्षाको सबैभन्दा बढी जिम्मेवार माओबादीः प्रचण्ड

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान परिमार्जन र रक्षाको सबैभन्दा बढी जिम्मेवारी माओवादीको भएको बताएका छन । बुधबार काठमाडौंमा आयोजित माओवादी केन्द्रको गोरखा–काठमाडौं सम्पर्क मञ्चको प्रशिक्षण कार्यक्रममा प्रचण्डले संविधान अपूर्ण हुँदा राजनीतिक स्थायीत्व हुन नसकेको र बिभिन्न मुद्दाहरु पुरै रहेको भन्दै संविधान परिमार्जन र रक्षाको सबैभन्दा बढी जिम्मेवारी माओवादीको भएको बताएका हुन्। उनले माओवादीकै पहलमा मुलुकमा परिवर्तन भएको र यसलाई दिगो र समृद्ध बनाउने काम पनि माओवादीले नै गर्ने जिकिर गरे । लामो संघर्षपछि जारी संविधानमा संरचनागत सुधार गर्न आवश्यक भएको उनको भनाई छ । जनतालाई सर्वसुलभ हुने किसिमको निर्वाचन प्रणाली नहुँदा श्रमजीवि वर्ग निर्वाचनमा प्रतिस्पर्धा गर्न पनि नसक्ने देखिएको उनाले बताए । प्रचण्डले मुलुकको बिकासका साथै आर्थिक क्रान्ति गर्न माओवादीले नेतृत्व लिने र अवको क्रान्ति शान्तिपूर्ण हुने जिकिर गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार