नेभिगेशन
समाचार

निर्वाचन प्रचारप्रसारका लागि प्रधानमन्त्री देउवा धनगढीमा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज अपराह्न धनगढी पुगेका छन् । आसन्न चुनावमा डडेलधुरा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी कांग्रेस सभापति देउवा चुनावी प्रचारप्रसारका लागि भोलि कात्तिक १७ गते डडेलधुरा जाने कार्यक्रम रहेको प्रधानमन्त्रीका कानुनी सहयोगी केशवराज जोशीले जानकारी दिए । उनले कात्तिक १७ देखि २० गतेसम्म डडेलधुराका विभिन्न ठाउँमा हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी हेलिकप्टरमार्फत धनगढी पुगेका हुन् । देउवा धनगढी उपमहानगरपालिका–४ स्थित निजी निवासमा बसेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार