नेभिगेशन
समाचार

ललितपुर–३ को विकासका लागि पम्फा भूषाले ल्याइन् चुनावी प्रतिवद्धतापत्र

काठमाडौँ । आगामी मंसिर ४ मा हुन गइरहेको प्रदेश सभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माओबादी केन्द्रकी नेतृ तथा ललितपुर क्षेत्र नम्बर ३ बाट गठबन्धनका साझा उम्मेदवार पम्फा भूसालले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेकी छन् । उनले अहिलेसम्म सम्पन्न भएका योजना तथा कार्यक्रम, पूरा गर्ने प्रतिवद्धता र आगामी ‘भिजन’ सहितको प्रतिवद्धतापत्र सार्वजनिक गरेकी हुन् । उनले ललितपुरमा भएका काम र सम्पन्न गर्नुपर्ने बाँकी कामहरुलाई आफ्नो प्रतिवद्धतापत्रमा पूरा गर्ने बताइएको छ भने केही नयाँ र भिजनसहितका केही योजना तथा कार्यक्रम समेत प्रतिवद्धतामा समेटिएको छ । खासगरी, बागमति, नख्खु, कर्मानास करिडोरको काम सम्पन्न गर्ने, सडक र सुविधासम्पन्न यातायातको सुविधा पुर्याउने, अध्ययन सम्पन्न भएका स्थान खासगरी ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गरिनेजस्ता योजना प्रतिवद्धतापत्रमा समेटिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार