नेभिगेशन
समाचार

ओलीले दुई तिहाइ जनमत आफ्नो दाइजो ठानेर अपमान गरेँ–घनश्याम भुसाल

काठमाडौँ– नेकपा एमाले पार्टी परित्याग गरी रुपन्देही – १ मा सत्तारुढ गठबन्धनको उम्मेदवार बनेका नेता घनश्याम भुसालले एमाले अध्यक्ष केपी ओलीले अघिल्लो चुनावमा पाएको दुई तिहाई जनमत दाईजो ठानेर जनमतकै अपनमान गरेको टिप्पणी गरेका छन् । रुपन्देहीको रोहिणीमा गठबन्धनको सम्पर्क कार्यालय उदघाटन गर्दै नेता भुसालले ओलीले दाइजो जस्तो ठानेर जनमतकै अपमान गरेको आरोप लगाए । ओलीको दम्भ र घमण्डले नै नेकपा विभाजन नहुने उनको तर्क छ । धेरै समय ओलीकै आलोचनामा खर्चिएका भुसालले नेकपा जस्तो विशाल पार्टीलाई ध्वस्त पार्ने काम ओलीले नै गरेको आरोप लगाए । नेता भुसालले ओलीमा राणाहरुकोजस्तो दम्भ भएको बताए । ओलीको दम्भकै कारण कैयौँ निष्ठावान नेताको भविष्य समाप्त भएको भुसालको टिप्पणी थियो । निष्ठावान नेताहरुलाई ओलीले चुनावमा टिकटसमेत नदिएको प्रति संकेत गर्दै ओलीको एकल निर्णयले पार्टीमा विधि र नीति कायम गरेका नेताहरुलाई पाखा लगाएको भुसालले तर्क गरे । नेपालमा विश्वकै उत्कृष्ट संविधान बनेर देश समृद्धिको दिशामा लाग्न थालेको बेला संसद र संविधानमाथि नै प्रहार गरेर ओलीले देशमा अस्थिरता निम्त्याएको उनको भनाइ छ । दुई पटक संसद विघटन गर्ने ओली नेतृत्वको एमालेमा रहेका नेताहरुले जनताको घर दैलोमा भोट माग्नु लज्जाको विषय हुने उनको तर्क छ । ‘संविधान विघटन गर्नेहरुलाई भोट माग्न आउँदा प्रश्न गर्नुहोला, संविधान च्यात्नेलाई भोट दिने कि संविधानको रक्षा गर्नेलाई ?’ उनले भने ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार