नेभिगेशन
समाचार

माओबादी केन्द्रले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि चुनावी घोषणापत्र सोमबार सार्वजनिक गर्ने भएको छ। घोषणापत्र सोमबार दिउँसो तीन बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा सार्वजनिक गरिने जनाइएको छ । माओवादीले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा घोषणापत्र निर्माण समिति बनाएको थियो । माओवादीले घोषणापत्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने उल्लेख गरेको छ । त्यस्तै घोषणापत्रमा समाजवाद उन्मुख अर्थव्यवस्थाको व्याख्या समेत गरिएको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्ययले जानकारी दिए । ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार