नेभिगेशन
समाचार

प्रधानमन्त्रीज्यू कै चाहना ६५ वर्षमा वृद्धभत्ता दिने थियो–स्वर्णिम वाग्ले

काठमाडौं । नेपाली कांग्रेसको नेता तथा चुनावी घोषणापत्र मस्यौदा समितिका सदस्य समेत रहेका डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री शेरबहादुर देउवाकै चाहना ६५ वर्षमा वृद्धभत्ता दिने रहेको बताए । आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले वृद्धभत्ता दिने उमेर ६५ वर्षमा झार्ने चाहना देउवाकै भएको बताएका हुन् । यो स्वर्णिम वाग्लेको संकल्पपत्र होइन, यो नेपाली कांग्रेसको संकल्पपत्र हो । यसका सभापति शेरबहादुर देउवा हुनुहुन्छ, केन्द्रीय समितिमा ८० प्रतिशतको समर्थन उहाँलाई छ । यहाँको प्रगाढ इच्छा थियो कि ६५ वर्षमा वृद्धभत्ता’ उनले भने । पाँच वर्षको कार्यकालमा ६५ वर्षमै वृद्धभत्ता दिने देउवाकै चाहना रहेकाले घोषणापत्रमा उल्लेख गरिएको उनले बताए । डा.वाग्लेले भने, ‘७० बाट ६८ वर्ष पनि उहाँको कार्यकालमा सुरु भयो, ६५ वर्षसम्म क्रमशः ५ वर्षको कार्यकालमा पुर्‍याउनुपर्छ भन्ने इच्छा बमोजिम यो प्रतिबिम्बित भएको हो ।’ ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा वृद्धभत्ता पाउने उमेर क्रमश ६५ वर्षमा झारिने उल्लेख छ । हाल ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकले वृद्ध भत्ता पाउँदै आएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार