नेभिगेशन
समाचार

मतदान र कन्यादन उस्तै हो : प्रकाशमान सिंह (भिडियोसहित)

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदानलाई कन्यादानसँग दाजेका छन् । काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कन्या दान गर्नु भन्दा पहिला अभिभावकले सोचे भन्दा बढी मतदान गर्ने बेलो सोच्नु पर्ने बताए । उनले भने, ‘हामीले कन्यादान गर्ने बेला जति सोच्छौँ नि त्यो भन्दा बढी मतदान गर्न सोच्नु पर्छ । पहिला सोचिएन भने पछि पश्चाताप हुन्छ । हामीले मतदान गर्ने व्यक्तिको र पार्टीको हिजो के थियो ? भोली के हुन्छ ? कुन व्यक्तिलाई मतदान गरेपछि हामी सुरक्षित हुन्छौँ भन्ने विषयमा ध्यान दिनु पर्छ । ’ “चुनावका क्रममा सबै उम्मेदवार घरदैलोमा आउनु स्वाभाविक हो, तर कस्तो जनप्रतिनिधि चुन्ने भन्ने विषय जनताको हो, उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्छन्, हामी सबैको काम र हैसियत जनताले देखेकै छन्”, उनले भने। नेता सिंहले कांग्रेस राजनीतिक स्थायित्व र विकासको एजेन्डा लिएर जनतासमक्ष पुगेको भन्दै उक्त कुरालाई पूरा गर्न कांग्रेसलाई विजय गराउन आवश्यक रहेको पनि बताए। उनले मुलुकमा प्रजातान्त्रिक व्यवस्थाको स्थापना र यसको स्थायित्वका लागि नेपाली कांग्रेसले इतिहासदेखि गरेका कामको मूल्याङ्कन जनताले गरिरहेको पनि बताए । पूर्वउपप्रधानमन्त्री सिंहले आफ्नो ध्यान संसद्मा कानून बनाउने मात्र नभई भौतिक पूर्वाधार निर्माणमासमेत भएको स्पष्ट पारेका छन्। काठमाडौँ क्षेत्र नं १ मा भौतिक पूर्वाधारका क्षेत्रमा आफूले यसअघि सांसद भएर धैरे काम गरेको स्मरणसमेत गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार