नेभिगेशन
समाचार

राप्रपाले घोषणापत्र सोमबार सार्वजनिक गर्ने

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सोमबार घोषणा पत्र सार्वजनिक गर्ने भएको छ। सोमबार बिहान ११ः३० बजे अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणा पत्र सार्वजनिक गर्ने राप्रपाले जनाएको छ ।

राप्रपाले घोषणा पत्र सार्वजनिक बानेश्वर वैक्वटमा कार्यक्रम गरी गर्ने जनाएको छ। राप्रपाले जनताबाट प्रत्यक्षरूपमा निर्वाचित प्रधानमन्त्रीको एजेन्डालाई पछिल्लो समय प्राथमिकतासहित अघि सार्दै आएको छ।

यस्तै पूर्ण समानुपातिक संसद र सांसद मन्त्री हुन नपाउने व्यवस्था पनि घोषणा पत्रमा समेट्ने तयारी छ। त्यस्तै भ्रष्टाचार रोक्ने र सम्पति छानबिन गर्न नागरिक आयोग गठन गर्नेजस्ता एजेन्डा पनि घोषणा पत्रमा समेटिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार