नेभिगेशन
समाचार

८ जिल्लामा पुग्यो निर्वाचन सामग्री, ५१ जिल्लामा धमाधम लगिँदै

काठमाडौं । निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आठ वटा दुर्गम पहाडी जिल्लामा निर्वाचन सामग्री ढुवानी कार्य सम्पन्न गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ५७ प्रकारका सामग्री आयोगबाट दिनहुँ विभिन्न जिल्लामा ढुवानी भइरहेको आयोगले जनाएको हो।

यसक्रममा गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र सुदूरपश्चिमको बाजुराको निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको आयोगले जनाएको छ । आयोगका अनुसार यी बाहेक ५१ जिल्लामा विभिन्न निर्वाचन सामग्री पठाउने कार्य सकिएको छ।

यद्यपी ती जिल्लामा सबै सामग्री ढुवानी हुन बाँकी रहेको छ। आयोगले निर्वाचनका लागि मतपेटिका, मतपत्र, छेकाबारा, कोरा कपडा, स्वस्तिक छापलगायत सामग्री ढुवानी गर्नुपर्ने हुन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार