नेभिगेशन
समाचार

अन्तिम समयसम्म पनि जनताको सेवामा रहन्छुः डीना

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय सह–महामन्त्री एवं मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले आफू अन्तिम समयसम्म पनि निरन्तर जनताको सेवामा रहने बताएकी छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ मा शनिवार भएको चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै डीनाले जनताको सेवा भावनाकै कारण समानुपातिकमा पाएको अवसर छोडेर निर्वाचनमा प्रतिस्पर्धा गर्न आएको बताएकी हुन् । उनले आफू अरुको जस्तो अन्तिम पटक भन्दै भाग्ने मनसायले चुनावी प्रतिस्पर्धामा नआएको दाबी गरिन् । ुयहाँ केही उम्मेदवारहरू मेरो अन्तिम पटक हो । मलाई बचाइदिनुस् भन्दै आएका छन् । उनीहरू त्यसपछि फेरि जनताको माझमा फर्किँदैनन्, डीनाले दाबी गरिन् । उनले उनीहरूको अन्तिम पटकमा नझुक्किन पनि आग्रह गरिन् । अन्तिम पटक भनेर आएकाहरु विगतमा जस्तै नफर्कने उनको दाबी थियो ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार