नेभिगेशन
समाचार

धार्मिक र सामाजिक सद्भाव खल्बल्याएर भोट पाइनेवाला छैनः राई

काठमाडौँ– जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले धार्मिक र सामाजिक सद्भाव खलबल्याएर भोट नपाइने बताएका छन् । उनले कुनै पनि हालतमा आफ्नो क्षेत्रमा सामाजिक र साम्प्रदायिक सद्भाव भड्किन नदिने पनि प्रतिवद्धता जनाए। क्षेत्र नं २ अन्तर्गत पर्ने डुडुवा तथा नेपालगन्ज क्षेत्रमा चुनावी घरदैलो कार्यक्रमका बेला मतदाताहरूलाई सम्बोधन गर्दै उनले यसअघिका कामहरूको आधारमा मतदान गर्न भनेका हुन्। ‘मैले यसकारण तपाईंहरुसँग भोट मागिरहेको छु कि यसअघि पनि मैले यहाँ गरेका बाचाहरू अनुसार काम गर्ने प्रयास गरें। कति गरें त्यो तपाईंहरू नै साक्षी हुनुहुन्छ’ उनले भने ‘अझै काम गर्न बाँकी छ र ती कामहरू मैले अवश्य पूरा गर्नेछु त्यसका लागि फेरि एकपटक मलाई तपाईंहरुको साथ चाहिएको छ।’ उम्मेदवार राईले धार्मिक मुद्दा उठाएर मिलेर बसेको समुदायलाई फेरि विथोल्नका लागि विपक्षीहरु लागिपरेको भन्दै त्यस्ता षडयन्त्रहरूप्रति सचेत रहन पनि आम मतदातालाई आग्रह गरे। ‘हामी विकासका मुद्दामा बहस गरौं भनिरहेका छौं । के के काम गर्ने भनेर त्यसमा प्रतिष्पर्धा गर्न खोजिरहेका छौं’ उनले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार