नेभिगेशन
समाचार

हाम्रो योजना भक्तपुरलाई सुविधासम्पन्न महानगरपालिका बनाउने होः महेश बस्नेत

काठमाडौँ– नेकपा एमालेका पोलिटब्युरो सदस्य, पूर्व मन्त्री तथा एमाले भक्तपुर क्षेत्र नम्बर २ प्रतिनिधि सभाका उम्मेदवार महेश बस्नेतले अब भक्तपुरलाई सुविधासम्पन्न महानगरपालिका बनाउने गरी अगाडि बढेको बताएका छन् । शनिवार राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीले सूर्यविनायक नगरपालिका–१ सिरुटारमा आयोजना गरेको युवा भेला तथा उम्मेदवार परिचय कार्यक्रममा बोल्दै नेता बस्नेतले भक्तपुरलाई महानगरपालिका बनाउन आवश्यक पर्ने भौतिक तथा अन्य संरचनाहरूको निर्माण प्रक्रिया अगाडि बढिरहेको जानकारी गराए । ‘महानगरपालिका बनाउन आवश्यक पर्ने सम्पूर्ण प्रकारका भौतिक संरचना तथा अन्य आवश्यक कार्यहरू एकपछि अर्को गर्दै भक्तपुरमा निर्माणको क्रममा रहेका छन् । ‘अबको हाम्रो योजना भनेको नै भक्तपुरलाई सुविधासम्पन्न महानगरपालिका बनाउने हो । जनताको जीवनस्तर उच्च बनाउने हो,’ उनले भने ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार