नेभिगेशन
समाचार

देशलाई अप्ठ्यारो पर्दा मिल्दै आएका छौँ– शिक्षामन्त्री पौडेल

काठमाडौँ–शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशलाई अप्ठ्यारो पर्दा मिल्दै आएको बताएका छन् । शनिबार बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटी र नरेठाँटीमा साझा गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस र माओवादी देशलाई अप्ठ्यारो पर्दा मिलेर अघि बढेको बताए । “कांग्रेस र माओवादीबीच मुल मुद्धा मिलेका छन्, केपी ओलीले दुई दुई पटक संसद विघटन गर्दा संविधान जोगाउन कांग्रेस माओवादीसहित सरकार गठन भइ संविधानको रक्षा भयो,” उनले भने । उनले राजतन्त्र फालेर गणतन्त्र ल्याउने कुरा सामान्य नभएको बताए । “अब बन्ने सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्छ”, उनले भने, “राजनीतिक स्थायित्वको लागि गठबन्धनको सरकार बन्छ ।” उनले बाचुन्जेल बागलुङको विकासका लागि लागिपरिरहने विश्वास व्यक्त गरे ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार