महिला बास्केटबलमा त्रिभुवन आर्मी अपराजित

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको व्यास–१ निर्मल माविमा जारी महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले अपराजित यात्रा कायम राखेको छ । असोज २८ गतेदेखि सुरु प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले आफ्नो अपराजित यात्रा कायम राखेको हो । फुलकोर्र्ट र थ्री बाई थ्री गरी चार खेल खेलेको त्रिभुवन आर्मी क्लबले चारवटै खेलमा विजय हासिल गरेको छ । फुलकोर्टतर्फ त्रिभुवन आर्मी क्लबले उद्घाटन खेलमा मधेस प्रदेशलाई ७१–१३ ले पराजित गरेको थियो । फुलकोर्टमै त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ६८–३० ले पराजित गरेको छ । थ्री बाई थ्रीतर्फ त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १४–७ ले पराजित गरेको छ । थ्री बाई थ्रीतर्फ नै त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई १२–४ अङ्कले पराजित गरेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:२८
प्रतिक्रिया दिनुहोस्