फिल फोडेनले सिटीसँग गरे सम्झौता

बुधबार, मंसिर ७, २०७९
काठमाडौं–इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर फिल फोडेन पाँच वर्षको सम्झौता नवीकरण गरेका छन् । इङ्ग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका फोडेनले सन् २०२७ सम्म सिटीमै रहने निर्णय लिएका हुन् । २२ वर्षीय मिडफिल्डर फोडन सिटी एकेडेमीकै हुन् । उनले सन् २०१७ बाट सिनियर टोलीबाट खेलेका थिए । फोडेनले सिटीका सिटीका लागि १ सय ८२ खेलमा ५२ गोल गरिसकेका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:५८
प्रतिक्रिया दिनुहोस्