नेभिगेशन
खेलकुद

नवौं राष्ट्रिय खेलकुद : पुरुष हक्कीमा आर्मीको विजयी सुरुवात

कास्की - गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौंं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको पुरुष हक्की खेलमा नेपाल आर्मीले विजयी शुरुवात गरेको छ । पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा भएको पुरुष हक्की तर्फको उद्घाटन खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ४–० गोल अन्तरले पराजित गरेको हो । खेलको नवौं मिनेटमा आर्मीका लागि राजेन्द्र कार्कीले गोल गर्दै अग्रता दिलाए । २८ औँ मिनेटमा कार्कीले नै दोस्रो गर्दै अग्रता दोब्बर बनाए । खेलको ३७ औँ मिनेटमा प्रदीप राजवंशीले तेस्रो गोल गरे भने ४२ औँ मिनेटमा रोमन रानाले गोल गर्दै आर्मीलाई ४–० को फराकिलो जित दिलाएका हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद