नेभिगेशन
समाचार

प्रभु साहलाई 'चापाकल' चुनाव चिह्न

काठमाडौं– एमालेले टिकट नदिए पछि रौतहट–३ मा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले 'चापाकल' (पानी तान्ने कल) चुनाव चिह्न पाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले बुधबार साहलाई 'चापाकल' चिह्न दिएको हो । रौतहट–३ मा साहले एमालेको टिकट पाएका थिए । अन्तिम समयसम्म त्यो टिकट होल्ड गरेर साहले स्वतन्त्र उम्मेदवारी दिँदा त्यहाँ एमालेले मनोनयन दर्ता गर्नै पाएन । जसपाबाट एमाले प्रवेश गरेका नेताहरूलाई टिकट दिने प्रतिवद्धता अध्यक्ष केपी ओलीले पालना नगरेकाले साहले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । गत निर्वाचनमा उनी माओवादी केन्द्रबाट यही क्षेत्रमा निर्वाचित भएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार