नेभिगेशन
समाचार

सर्लाही–२ मा यादव गठबन्धनको आधिकारिक उम्मेदवार

काठमाडौं–सत्ता गठबन्धनले सर्लाही–२ मा महेन्द्र राय यादव आधिकारिक उम्मेदवार भएको जनाएको छ । काठमाडौंमा बसेको गठबन्धन बैठकले सर्लाही–२ मा र प्रदेशसभातर्फको आधिकारिक उम्मेदवारबारे निर्णय गरेको हो । लोकतान्त्रिक समाजवादी पार्टी सत्तारुढ गठबन्धनमा सहभागी भए पनि सर्लाह-२ मा लोसपा नेता राजेन्द्र महतो र माओवादी केन्द्रबाट महिन्द्र राय यादवले उम्मेदवारी दर्ता गरेका थिए । सर्लाही– २ प्रतिनिधिसभामा सत्तारुढ गठबन्धन दलका साझा उम्मेदवार महेन्द्र राय यादव र सर्लाही २(क)मा सुनिल साह र २(ख)मा कौशल राय यादव उम्मेदवार रहेको गठबन्धनले विज्ञप्ति जारी गरी जनाएको छ । सर्लाही २ मा लोकतान्त्रिक समाजवादी पार्टीबाट राजेन्द्र महतोसमेत प्रतिस्पर्धामा छन् । कांग्रेससँग गठबन्धन गरेको लोसपा उम्मेदवार महतो र यादवबीच मित्रवत् प्रतिस्पर्धा हुने बताइएको छ । यादव माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन् । उनी बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार