नेभिगेशन
समाचार

गोरखामा ७ जनाले लिए उम्मेदवारी फिर्ता

गोरखा–गोरखामा ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । गोरखामा दल र स्वतन्त्र उम्मेदवारी दिएका गरी ७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । गोरखा क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएकी माधवी भट्ट पराजुलीसहित जिल्लाभर ७ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । क्षेत्र नम्बर २ ‘क’ प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका गण्डकी प्रदेशका ऊर्जा जलस्रोतमन्त्री हरिशरण आचार्यले पनि स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छन् । उक्त प्रदेशमा नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार छन् । क्षेत्र नं. २ को ‘क’ मा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका जुद्धविलास भण्डारी र नेमकिपाकाका बेलबहादुर बस्नेतले पनि उम्मेदवारी फिर्ता लिएका छन् । अब गोरखा– २ को प्रतिनिधिसभा सदस्यका लागि हुने निर्वाचनमा १२ जना उम्मेदवार रहेको छ । त्यस्तै क्षेत्र नं. १ को ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिएका ३ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आरुघाट गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका पूर्ण दाहालले उम्मेदवारी फिर्ता लिएका हुन् । उनी नेपाली कांग्रेसनिकट नेता हुन् । उक्त प्रदेशमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेविरुद्ध उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । सोही प्रदेशमा नेकपा माओवादी केन्द्रनिकटका राजकुमार ढकाल र नेकपा एकीकृत समाजवादीका टेकराज भट्टले पनि उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र नम्बर १ को प्रतिनिधिसभातर्फ १० जना र २ को प्रदेशसभातर्फ ७÷७ जना उम्मेदवारी कायम भएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार