नेभिगेशन
समाचार

मोरङमा गठबन्धनविरुद्धको बागी उमेदवारी फिर्ता

विराटनगर–मोरङमा सत्ता गठबन्धनमा आबद्ध दलका उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराएका नेताले आफ्नो उमेदवारी फिर्ता लिएका छन् । प्रदेशसभातर्फ परेका बागी उम्मेदवारी फिर्ता गरिएको हो । मोरङ निर्वाचन क्षेत्र नम्बर–४ ‘ख’मा नेपाली कांग्रेसका उम्मेदवार भीम पराजुलीविरुद्ध उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य तथा प्रदेश सचिव महेश रेग्मीले उम्मेदवारी फिर्ता लिएका छन् । गठबन्धनको मर्म विपरीत नहोस् भन्ने बुझेरै आफूले उम्मेदवारी फिर्ता लिएको रेग्मीले बताए । यस्तै, मोरङ–६ ‘ख’मा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीविरुद्ध एकीकृत समाजवादी मोरङका प्रवक्ता ओसिम आलमले दिएको बागी उम्मेदवारी फिर्ता लिएका छन् । आलमले गठबन्धनको निर्णय र मर्मलाई आत्मसात् गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको बताए । सोही क्षेत्रमा कांग्रेसका जनार्दन निरौलाले नेपाली कांग्रेस (बीपी)का तर्फबाट दिएको उम्मेदवारी फिर्ता लिएका छन् । आज दिउँसो १ बजेसम्म उमेदवारी फिर्ता लिने समय तोकिएको थियो ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार