नेभिगेशन
समाचार

मकवानपुरमा कसैले लिएनन् उम्मेदवारी फिर्ता

हेटौंडा –४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मकवानपुरमा ६९ जनाको उम्मेदवारी कायम भएको छ । बुधबार उम्मेदवारी फिर्ता लिने समयसम्म कसैले पनि उम्मेदवारी फिर्ता नलिएको मकवानपुरको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत तिर्थराज भट्टराईले जानकारी दिए । २ प्रतिनिधिसभा र ४ प्रदेशसभा रहेको जिल्लामा ६९ जनाले उम्मेदवारी दिएका थिए । आइतबार उम्मेदवारी दर्ता गराएका ६९ उम्मेदवारमाथि कुनै पनि उजुरी पनि परेको थिएन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार