नेभिगेशन
समाचार

चितवन-३ मा कांग्रेसका बागीलाई एमालेको समर्थन

चितवन–चितवन– ३ मा सत्ता गठबन्धनका बागी उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालालाई एमालेले समर्थन गर्ने भएको छ । यसका लागि एमालेले आफ्नो जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएर कांग्रेसका बागी उम्मेदवार कोइरालालाई समर्थन गरेको हो । कांग्रेस केन्द्रीय सदस्य कोइरालाले भने आफूलाई सबै पार्टीको समर्थन रहने दाबी गरे । ‘मलाई एमाले अध्यक्ष केपी ओलीबाट आर्शिवाद प्राप्त भयो,’ कोइरालाले भने, ‘म आधिकारिक रुपमा एमालेको समर्थनमा उम्मेदवार बन्ने तय भयो ।’ कोइरालाले मंगलबार बेलुकी बालकोट पुगेर एमाले अध्यक्ष केपी ओलीलाई भेटेपछि न्यौपानेको उम्मेदवारी फिर्ताका लागि पत्र पठाइएको बुझिएको छ । सत्ता गठबन्धनबाट चितवन ३ मा माओवादी केन्द्रका डा.भोजराज अधिकारी उम्मेदवार छन् । उनका विरुद्धमा कांग्रेस नेता कोइरालाले बागी उम्मेदवारी दिएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार