नेभिगेशन
समाचार

बाजुरामा एमालेका बागी उम्मेदवार बोगटी र शाहीले लिए उम्मेदवारी फिर्ता

बाजुरा–स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एमाले केन्द्रीय सदस्य सहदेव बोगटी र एमाले प्रदेश कमिटी सदस्य रंगमान शाहीले उम्मेदवारी फिर्ता लिएका छन् । बोगटी र शाहीले बाजुरा जिल्ला प्रदेश निर्वाचन क्षेत्र (क) को टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए । दुबै जनाले उम्मेदवारी फिर्ता लिने समय भित्रै पार्टीको आधिकारिक उम्मेदवार बलदेव रेग्मीलाई समर्थन गर्ने गरी आफ्नो उम्मेदवारी फिर्ता हुन् । शाही र बोगटीले प्रदेशसभाको टिकटको दाबी गरेका थिए । एमालेले निवर्तमान प्रदेशसभा सदस्य बल्देव रेग्मीलाई नै उम्मेदवार बनाएपछि शाही र बोगटीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । नेकपा विभाजन पछि बोगटी एमालेमै बसेका थिए । एमालेको चितवन महाधिवेशन पछि मनोनित केन्द्रीय सदस्यको सूचीमा थपिएका बोगटी माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चाज थिए । २०७० सालको निर्वाचनमा प्रत्यक्ष उम्मेदवार बनेका बोगटीले साढे ५ हजार मत ल्याएका थिए । शाही एमाले बाजुराको उपाध्यक्ष, जिल्ला विकास समितिको उपसभापति र एमालेको प्रदेश कमिटी सदस्य हुन् । बाजुरा एमालेमा दुबै जनाको उम्मेदवारी फिर्ता पछि बलियो एकता देखिएको छ ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार