नेभिगेशन
समाचार

म्याग्दीमा कांग्रेसका बागीद्वारा उम्मेदवारी फिर्ता

बेनी–म्याग्दीको प्रदेश सभा क्षेत्र (क)मा स्वतन्त्र मनोनयन दर्ता गराएका नेपाली कांग्रेसका नेता नेत्रबहादुर महतले उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्तासँगै महतले गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका युवा नेता हरि भण्डारीलाई समर्थन गर्ने घोषणा गरेका छन् । पार्टीका नेताहरुको प्रतिवद्धता, जिल्लाका नेता, कार्यकर्ता, शुभेच्छुक र आफन्तहरुको आग्रह अनुसार उम्मेदवारी फिर्ता लिएर गठबन्धनका उम्मेदवारलाई जिताउने अभियानमा जुट्ने महतले बताए । नेपाली कांग्रेस म्याग्दीका पूर्व सहसभापति रहेका बेनपा–१ रत्नेचौरका महत म्याग्दीमा पुराना कांग्रेस नेताका रुपमा चिनिन्छन् । उनले अवसर नपाएको गुनासो गर्दै अघिल्लो प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि स्वतन्त्र मनोनयन दर्ता गरेर फिर्ता लिएका थिए । गठबन्धनका तर्फबाट म्याग्दीमा प्रतिनिधिसभामा नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर), प्रदेशसभा क्षेत्र (क) मा माओवादीका हरि भण्डारी र क्षेत्र (ख) मा माओवादीकै रेशम जुग्जाली (सुविन) उम्मेदवार बनेका छन् । एमालेबाट प्रतिनिधिसभामा हरिकृष्ण श्रेष्ठ, प्रदेश (क) मा देवेन्द्रबहादुर कटुवाल र (ख) मा यामबहादुर गर्बुजा उम्मेदवार छन् ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार