नेभिगेशन
समाचार

दीपक मनाङे गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित

मनाङ–मनाङको प्रदेशसभा (ख) बाट राजीव गुरुङ (दीपक मनाङे) निर्विरोध निर्वाचित भएका छन् । प्रदेशसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका मनाङे गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री हुन् । उनीसँग प्रतिस्पर्धामा उत्रिएका अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि मनाङे निर्विरोध निर्वाचित भएका हुन् । मनाङे निर्वाचित भएको औपचारिक घोषणा जिल्ला निर्वाचन कार्यालय मनाङले गरेको छैन । गुरुङले निर्वाचन कार्यालयमा बुधबार बिहान आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका थिए । निर्वाचन कार्यालयले औपचारिक रूपमा दिउँसो ३ बजे उनको उम्मेदवारी फिर्ता भएको सूचना निकाल्नेछ । उम्मेदवारी फिर्ता भएको सूचना निकाल्नेसँगै मनाङे निर्विरोध निर्वाचित हुने छन् । उनको उम्मेदवारी फिर्तासँगै मनाङे गण्डकी प्रदेशसभामा निर्वाचित हुने पहिलो सांसद हुने छन् । मनाङको प्रदेश सभा (ख) मा एमाले तथा सत्ता गठबन्धनका अरू दलले आफ्ना उम्मेदवारी उठाएका छैनन् । मनाङेलाई आफ्नो दलमा ल्याउन उक्त क्षेत्रमा नेकपा (एमाले) तथा सत्ता गठबन्धनका अरू दलले आफ्ना उम्मेदवारी उठाएका छैनन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार