नेभिगेशन
खेलकुद

ह्याण्डबल : मधेस प्रदेशका दुवै टोली पराजित

काठमाडौँ— नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ह्याण्डबलमा मधेस प्रदेशका दुवै टोली पराजित भएको छ । महिला तर्फको खेलमा कर्णाली प्रदेशले मधेस प्रदेशलाई ११–७ गोलले पराजित गरेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा जारी प्रतियोगिताको पहिलो खेलमा मंगलबार कर्णालीले प्रतिस्पर्धात्मक जित निकाल्ने क्रममा अञ्जली शाही र संगीता सिंहले समान पाँच पाँच गोल गरे । पुरुष तर्फको बागमतीले मधेस प्रदेशलाई २१–१३ गोलले हरायो । बागमतीका लागि सोनाम राकेश शेर्पाले पाँच गोल गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद