नेभिगेशन
समाचार

कपिलवस्तुमा १ सय ४६ उम्मेदवार

कपिलवस्तु–कपिलवस्तुका तीन प्रतिनिधि सभा र ६ प्रदेशसभा निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्रतर्फ गरी १ सय ४६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभातर्फ ५१ जना र प्रदेशसभा सदस्यतर्फ ९५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । कपिलवस्तु क्षेत्र १ वाट प्रतिनिधिसभातर्फ नेकपा एमालेबाट बलराम अधिकारीको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनले पूर्वमन्त्री नेकपा माओवादी केन्द्रका चक्रपाणि खनाललाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा प्रतिनिधिसभातर्फ २२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । यस क्षेत्रको प्रदेश सभा–१ तर्फ भने सत्ता गठबन्धनबाट नेपाली काङ्ग्रेसका डोलकराम घिमिरेले मनोनयन दर्ता गराएका छन् भने नेकपा एमालेले विष्णु पन्थीलाई उम्मेदवार बनाएको छ । पन्थी निवर्तमान लुम्बिनी प्रदेशसभा सदस्य हुन् । प्रदेशसभा–२ तर्फ माओवादी, काङ्ग्रेसले सहसराम यादवलाई उम्मेदवार बनाएको छ । यादव जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरी काङ्ग्रेसमा आएर टिकट पाएका हुन् । एमालेले मधुसूदन शरण चौधरीलाई उम्मेदवार उठाएको छ । प्रतिनिधि सभा–२ मा ११ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । यहाँ सत्ता गठबन्धनले नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेले वृजेश कुमार गुप्तालाई उठाएको छ । प्रदेशसभा–१ मा सत्ता गठबन्धनबाट नेपाल प्रहरीका पूर्व एसएसपी बिक्रम सिंह थापाले मनोनयन दर्ता गराएका छन् । नेकपा एमालेबाट नवराज लामिछानेले टिकट पाएका हुन् । प्रदेशसभा–२ मा सत्ता गठबन्धनले नेपाली काङ्ग्रेसबाट सुधाकर पाण्डेयलाई उम्मेदवार बनाएको छ । एमालेले धर्मबहादुरलाल श्रीवास्तवलाई उम्मेदवार बनाएर मनोनयन दर्ता गराएको छ । प्रतिनिधिसभा –३ मा १८ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धनबाट काङ्ग्रेसका अभिषेक प्रताप शाहले मनोनयन दर्ता गराएका छन् । एमालेले मंगल प्रसाद गुप्तालाई उठाएको छ । प्रदेशसभा–१ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका एहसान खान उम्मेदवार बनाएको छ । एमालेले अर्जुन केसीको मनोनयन दर्ता गराएको छ । केसी यहीँ क्षेत्रका निवर्तमान प्रदेश सभा सदस्य हुन । प्रदेश सभा–२ मा सत्ता गठबन्धनबाट वीरेन्द्र कानौडियाले मनोनयन दर्ता गराउँदा एमालेबाट रजाउर्मान खांले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार