नेभिगेशन
समाचार

उम्मेदवारी दिए लगतै चुनावी छलफल र भेटघाटमा प्रचण्ड व्यस्त

गोरखा–गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनाव केन्द्रित छलफल र भेटघाटलाई तीव्र बनाएका छन् । आइतबार उम्मेदवारी दर्ता गराएर गोरखा सदरमुकाममा बसेका उनले आज बिहानैदेखि होटल गार्डेनमा भेटघाट गर्न थालेका हुन् । गोरखामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य, प्रदेश र जिल्लाका पदाधिकारीसँग भेटघाट गरेका छन् । त्यस लगत्तै सत्ता गठबन्धनमा रहेको दल नेपाली कांग्रेस, नेपाल समाजवादीका उम्मेदवार जिल्ला नेतासँग दाहालले भेटघाट एवं छलफल गरेका थिए । भेटघाटमा कांग्रेसको तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार राजेन्द्र बजगाईसहित गठबन्धनको तर्फबाट चारवटै प्रदेशसभाका उम्मेदवारहरु कृष्ण धिताल, नन्दप्रसाद न्यौपाने, फडिन्द्र देवकोटा, सुरेन्द्रराज पाण्डेसहित पार्टीका नेताहरु सहभागी थिए । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि भेटघाटमा सहभागी छन् । भेटघाटमा चुनावी योजना र कार्यक्रमको बारेमा छलफल भएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार