नेभिगेशन
समाचार

एमालेले टिकट नदिएपछि काठमाडौं–७ मा रामवीर मानन्धरको बागी उम्मेदवारी

काठमाडौँ— पार्टीले टिकट नदिएपछि नेकपा एमालेका नेता रामवीर मानन्धरले बागी उम्मेदवारी दिएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र ७ मा उनको बागी उम्मेदवारी परेको हो । मानन्धरले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराइसकेका छन् । उनी २०७४ को निर्वाचनमा एमालेबाट काठमाडौं ७ बाट नै निर्वाचित भएका थिए । मानन्धरले जनता र कार्यकर्ताको भावनाको कदर गर्दै आफूले उम्मेदवारी दिएको बताएका छन् । उनले अझै पनि समय रहेको भन्दै नेताहरुले सोच्नुपर्ने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार