नेभिगेशन
समाचार

कांग्रेस नेता पौडेलद्वारा पार्टी परित्याग

काठमाडौं–नेपाली कांग्रेसका नेता किरण पौडेलले उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै कांग्रेस परित्याग गर्ने घोषणा गरेका छन् । उनी बागलुङ–१ बाट प्रतिनिधिसभा सदस्यको लागि आकांक्षी थिए । जिल्लाबाट पौडेलसहित १० जनाको नाम सिफारिस भएको थियो । तर सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा बाग्लुङ–१ राष्ट्रिय जनमोर्चाको भागमा परेको छ । नेपाल विद्यार्थी संघको केन्द्रीय महामन्त्री भएरसमेत काम गरिसकेका पौडेललाई सभापति शेरबहादुर देउवाले अघिल्लो कार्यकालमा आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । नेता पौडेलले आफूले तीन पटकसम्म संसदीय राजनीतिका लागि प्रयास गर्दासमेत पार्टीले मौका नदिएको भन्दै अब पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिने घोषणा गरेका छन् । उनले आफूले ४४ वर्षसम्म निरन्तर पार्टीमा काम गरेको दाबी गर्दै मुख्यसचिवमार्फत् सभापति देउवालाई पार्टीको साधारण सदस्य परित्याग गरेको पत्र बुझाएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार