नेभिगेशन
समाचार

महन्थ ठाकुरले दिए महोत्तरी ३ मा उम्मेदवारी

महोत्तरी–महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छ्न् । सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेको सो क्षेत्रमा लोसपा अध्यक्ष ठाकुर स्वयंले उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि २०७४ सालको निर्वाचनमा समेत ठाकुर सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनीसँगै महोत्तरी ३ कबाट लोसपाका अभिराम शर्मा र ३ खबाट रानी शर्मा तिवारीले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छ्न् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार