नेभिगेशन
समाचार

कांग्रेस महाामन्त्री विश्वप्रकाशले गरे झापा–१ मा उम्मेदवारी दर्ता

झापा–कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले झापा–१ मा उम्मेदवारी दर्ता गराएका छन् । झापा– १ मा तेस्रोपटक उम्मेदवार बनेका शर्माको प्रतिस्पर्धा एमाले उम्मेदवार अग्नि खरेलसँग हुँदैछ । २०७० मा एमालेका रविन कोइराला र २०७४ मा वाम गठबन्धनका माओवादी उम्मेदवार राम कार्कीसँग पराजित शर्मा तेस्रोपटक चुनावी परीक्षामा होमिँदैछन् । एमालेले एकल सिफारिस गरेका रविन कोइरालाको टिकट खोसेर प्रतिनिधिसभा चुनाव लड्न झापा– १ आएका अग्नि खरेललाई टुरिष्ट उम्मेदवार भन्दै एमाले कार्यकर्ताले आलोचना गरिरहेका छन् । झापा–१ मा प्रदेश सभामा सत्ता गठबन्धनबाट प्रदेश सभामा ‘क’ मा कांग्रेसका गोपाल तामाङ र ‘ख’ मा माओवादीका श्यामवीर लिम्बू उम्मेदवार छन् । एमाले–राप्रपा गठबन्धनबाट प्रदेशमा ‘क’ बाट एमालेका रविन कोइराला र ‘ख’ बाट राप्रपाका सविना बजगाइँ उम्मेदवार बनेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार