नेभिगेशन
समाचार

एमाले उपाध्यक्ष विष्णु पौडेलले गरे रुपन्देही–२बाट उम्मेदवारी दर्ता

बुटवल–रुपन्देही–२ को प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । बुटवल उपमहानगरपालिकाको नगर कार्यपालिका कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पार्टीका नेता कार्यकर्तासहित पुगेर पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् । पौडेलको उम्मेदवारी दर्ता गराउन एमाले कार्यकर्तासंगै राप्रपा प्रदेश अध्यक्ष प्रदीप उदयको नेतृत्वमा राप्रपा कार्यकर्ताहरु पनि पुगेका थिए । यो क्षेत्रमा एमालेबाट प्रदेशसभातर्फ भोजप्रसाद श्रेष्ठ र लीला गिरी उम्मेदवार छन् । पौडेलले ३ वटा चुनाव लगातार जित्दै आएको यो क्षेत्रमा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका राजु गुरुङले टिकट पाएका छन् ।    
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार