नेभिगेशन
समाचार

काभ्रे : सत्ता गठबन्धनबाट यी हुन् उम्मेदवार

काभ्रे–सत्तारुढ गठबन्धन दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवार टुंगो लगाएको छ । सत्तारुढ गठबन्धन दलले ढिला गरी मनोनयनको दिन आज उम्मेदवार टुंगो लगाएको हो ।
दलको भागबण्डामा कांग्रेसले संघ १ सहित २ प्रदेश, माओवादी केन्द्रले संघ र प्रदेश एक/एक वटा र एकीकृत समाजवादीले प्रदेशतर्फ १ सिट मात्रै पाएका छन् ।
जसमा माआवोदी केन्द्रेले काभ्रे–१ र कांग्रेसले क्षेत्र नम्बर २ पाएका छन् । त्यस्तै प्रदेशतर्फ संघको क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ माओवादी केन्द्र र ‘ख’ कांग्रेसको भागमा परेको छ भने क्षेत्र नम्बर २ को ‘क’ एकीकृत समाजवादी र ‘ख’ कांग्रेसले पाएका छन् ।
काभ्रे–१ मा गठबन्धनले साझा उम्मेदवारको रुपमा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा पूर्व ऊर्जा राज्य मन्त्री सूर्यमान दोङ (लालध्वज) लाई पाएको छ । प्रदेश सभातर्फ ‘क’ मा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकाल र ‘ख’ मा कांग्रेस काभ्रेका सभापति तीर्थबहादुर लामाले टिकट पाएका छन् ।
त्यस्तै कांग्रेसको भागमा रहेको काभ्रे–२ मा रमेशप्रसाद हुमागाईंले टिकट पाउँदा प्रदेशतर्फ ‘क’ मा निर्वतमान संसाद लक्ष्मण लम्साल र ‘ख’ पूर्व वाणिज्य राज्य मन्त्री कञ्चनचन्द्र बादेलाई टिकट दिइएको छ ।
२०७४ सालको निर्वाचनका आधारमा कांग्रेसले ३ वटै निर्वाचन क्षेत्रमा नयाँ पाउँदा एकीकृत समाजवादीले एक निर्वाचन क्षेत्र गुमाएको हो । ०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्र मिलेर चुनाव लड्दा काभ्रेको संघ र प्रदेश गरी ६ वटै क्षेत्रमा कांग्रेसले हार व्यहोर्नु परेको थियो । तर यसपटक भने कांग्रेसलाई जित्न अवसर मिलेको छ ।
उम्मेदवार टुंगो लागेसँगै गठबन्धन दल मनोनयनको तयारीमा जुटेको एक नेताले बताए । उनको अनुसार काभ्रे–१ को पनौति र २ को धुलिखेलमा उम्मेदवार मनोनयन दर्ता हुनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार