नेभिगेशन
समाचार

तनहुँ १ : गोविन्दराज जोशीले गरे स्वतन्त्र उम्मेदवारी

तनहुँ–नेपाली कांग्रेसका बागी उम्मेदवार गोविन्दराज जोशीले तनहुँ–१बाट स्वतन्त्र उम्मेवबारी दर्ता गराएका छन् । आफ्ना समर्थकहरुको जुलुससहित निर्वाचन कार्यालय पुगेर जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । जोशी कांग्रेसबाट पूर्वगृहमन्त्रीसमेत रहेका हुन् । २०७४ को आमनिर्वाचनमा वाम गठबन्धनबाट एमाले उम्मेदवार किसान श्रेष्ठसँग वरिष्ठ नेता पौडेल पराजित भएका थिए । २०७४ मा पनि जोशीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । को विद्रोह पनि एउटा कारण थियो । जोशी भ्रष्टाचार मुद्दाका कारण कांग्रेसबाट पाखा लाग्दै आएका हुन् । २०४८ यता लगातार विजय हासिल गर्दै आएका पौडेलको संसदीय निर्वाचनमा त्यही नै पहिलो पराजय थियो । २०७४ मा विजय हासिल गरेको आधारमा तनहुँ– १ मा श्रेष्ठकै दावेदारी रहने भए पनि सत्ता गठबन्धनले उनलाई बारा– ४ को उम्मेदवार बनाएर पौडेलका लागि यो निर्वाचन क्षेत्र सुरक्षित गरेको हो । तर, जोशीको स्वतन्त्र उम्मेदवारीले पौडेललाई अप्ठ्यारोमा पारिदिएको छ । सो क्षेत्रमा एमालेले रामबहादुर रानालाई उम्मेदवार बनाउने सम्भावना रहेको बताए पनि टुङ्गो लगाइसकेको छैन । गत स्थानीय तह निर्वाचनमा जोशी समूहले जिल्लाभर एमालेसँग तालमेल गरेको थियो । जोशीपुत्र दीपकराज जोशी व्यास नगरपालिकामा एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार रहेका थिए । तर, एमाले–जोशी समूहबीचको तालमेलले जिल्लाका कुनै पनि स्थानीय तहमा परिणाम भने दिनसकेको थिएन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार